क्रान्तिकारी माओवादी बर्दघाट – २ वडा समितिमा नयाँ नेतृत्व चयन




पुस्पा गिरी –
बर्दघाट । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको डेढ महिने अभियान अंतरगत बर्दघाट -२ वडा समितिको भेलाले गोपाल गिरीको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ ।

वडाको पहाडी क्षेत्र सहित विभिन्न आठ वटा टोलमा गठन भएको पार्टीको प्रारम्भिक समितिहरुको प्रतिनिधिमुलक भेलाले वडा समिति चयन गरेको सो पार्टीका नवनिर्वाचित वडा समिति सदस्य समेत रहनुभएका दलित अगुवा नर बहादुर बि.क.ले जानकारी दिए ।




क्रान्तिकारी माओवादीको वडा समिति सेक्रेटरीमा गोपाल गिरी, नर बहादुर बि.क., मोहन राना, तिल बहादुर पौडेल, केशब भुजेल, सागर सुनार लगायत चयन हुनुभएको बर्दघाट नगर सह-सेक्रेटरी आकाशले बताए।

त्यस्तै भेलाले केदारनाथ अधिकारीको नेतृत्वमा वडा सल्लाहकार समिति गठन गरेको छ ।

भेलामा क्रान्तिकारी माओवादी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले रास्ट्रियता जनजिबिका र जनतन्त्र खतरामा परेको औल्याए।

उनले गाउँघरमा दलाली भ्रष्टाचारी कमिशनखोरि वृद्धि भएको भन्दै त्यसको बिरुद्ध भन्डाफोर र कार्वाहीमा समेत उत्रने चेतावनी दिए।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य रवि पाण्डे, जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज चुडामणी भण्डारी लगायतले एम.सि.सि विरुद्धको आन्दोलन बारे बोलेका थिए।

भेलामा बामपंथी अगुवा केदारनाथ अधिकारी, पार्टीका जिल्ला समिती सदस्य सूर्य सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै भेलाले दुर्गा वनलाई क्रान्तिकारी युवा लिगको जिम्मेवारी दिएको छ ।

क्रान्तिकारी माओवादीले जिल्लामा राजनितिक बैचारिक, सम्पर्क, संगठन र संघर्स अभियानलाई तिव्रता दिएको छ ।



सम्बन्धित
Loading...