कावासोती नगरपालकाले सुरु गर्यो सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र

कावासोती । कावासोती नगरपालिकाले सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र वितरण सुरु गरेको छ ।
बुधबार कावासोती नगरपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने नयाँ लाभग्राहीलाई नयाँ सामाजिक सुरक्षा भत्ता परिचय पत्र प्रदान गर्दै सेवा सुरु गरिएको हो ।
कावासोती नगरपाकिला प्रमुख प्रशासकिय अधिकृ रमेश घर्ती र कावासोती नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष हरि प्रसाद बास्तोलालले लाभग्राहीले परिचय पत्र वितरण गरि सुधारिएको परिचय पत्र वितरण कार्यक्रम सुरु गर्नु भएको हो ।
जेष्ठ नागरिक ,एकल महिला, अशक्त÷अपाङ्ग, लोपोन्मुख जाति र दलिक परिवारका बालबालिकाले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भक्ता बितरण प्रणालीलाई थप व्यवस्थित बनाउन नयाँ सुधारिएको परिचय पत्र लागू गरिएको प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
यसले लाभग्राहीको सबै विवरण कम्प्युटर माध्यमबाट लेखिने हुदाँ हातले लेख्नुपर्ने झन्झट समेत नहूने र बैंकबाट भत्ता रकम लिदा समेत सहजता हुने अपेक्षा गरिएको प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताउनुभयो ।
लाभग्राहीलाई सहज रुपमा सेवा लिनकालागि सुधारिएको परिचयपत्रले सहयोग पुर्याउने वडा अध्यक्ष हरिप्रसाद बास्तोलाले बताउनुभयो । आफ्नो वडाबाट सेवा सुरु भएकोमा यसलाई वडामा व्यस्थित रुपमा कार्यान्वय गर्दै लैजाने उहाँले बताउनुभयो ।
पाँचबाट सुरु गरिएको सुधारिएको परिचय पत्र प्रदान गर्ने कार्यक्रम सबै वडामा गरिने पञ्जीकरण तथा सामाजिक सुरक्षा इकाईका एमआइएस अपरेटर रोब बहादुर घर्तिले बताउनुभयो ।
हाल नयाँ थपिएका लाभग्राहीलाई मात्र यो परिचय पत्र वितरण गरिने र क्रमश पुराना कार्डहरु समेत विस्थापन गर्दै लगिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकामा गत आर्थिक वर्षको तथ्याङ्क अनुसार ६ हजार ४२१ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
उनिहरुले कुल १७ करोड ५४ लाख ६७ हजार ८६० रुपैँया प्राप्त गरेका छन् । जसमा जेष्ठ नागरिक ३ हजार २०४, जेष्ठ नागरिक दलित ३१६ जना ,जेष्ठ नागरिक एकल ८१२ जना, पूर्ण अपाङ्गता १३० ,अति अशक्त ४४६ , विधवा एक हजार ८ , दलित बालबालिका ५०५ जना रहेका छन् ।