काँग्रेस कावासोतीको अधिवेशन असोज ९ गते, दुई प्यानलबीच प्रतिप्रर्धा हुने

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसको नगर अधिवेशन असोज ९ गते हुने भएको छ ।
त्यसको तयारीका लागि आज कावासोतीमा नेपाली काँग्रेसको छलफल समेत भएको छ ।
नेपाली काँग्रेस नगर सभापति मुकुन्द भट्टराईका अनुसार निर्वाचभन संयोजक चन्द्रदेव तिवारी सहित, नवनिर्वाचत वडा सभापति तथा वाड सचिवहरु, नगरकमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा वैठक बसेको हो ।
वैठकमा निर्वाचन कार्यतालिका जानकारी गराउने काम भएको भट्टराईले बताए ।
दुई प्यानलबीच प्रतिप्रर्धा
नेपाली काँग्रेस कावासोती नगर समितिमा दुई प्यानलबीच प्रतिप्रर्धा हुने भएको छ ।
यस अघि सभापतिमा ६ जना आकांक्षी देखिए पनि अहिले दुई प्यानल मात्र प्रष्ट रुपमा अगाडि आएको छ ।
सालिकराम ढकाल नेतृत्वको प्यानल घोषणा भईसकेको छ भने अर्को प्यानल अमृत श्रेष्ठ वा हेमु पाण्डेको नेतृत्वमा घोषणा हुने छ ।
अमृत श्रेष्ठले आज प्यानल घोषणाका लागि साथीहरु बीच छलफल चलिरहेको बताए । श्रेष्ठले भने – मेरो नेतृत्वमा अर्को प्यानल घोषणा हुने छ ।