नवलपुरमा सवारी दुर्घ’टना, २ जना गम्भी’र घा-इते




नवलपुर । पूर्वी नवलपरासीमा भएको सवारी दुर्घ’टनामा परी दुई जना गम्भी]र घा\इते भएका छन् ।

 

आज दिउँसो २ बजे देवचुली नगरपालिका १७ टाइकोट स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ५ ख ३४८७ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १९ प ४००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना गम्भी]र घाइते भएका हुन् ।

 




नवलपुर प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक सिन्धुलीका २५ बर्षीय जयबहादुर भुजेल र दाङ निवासी १९ बर्षीय कृष्ण कुमाल घा[इते भएका हुन् ।

 

दुवै घा[इतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...