नवलपुरमा २७ हजार बढी भेरोसिल खोप आयो, अब पालो ४५ बर्ष माथि उमेर समूहको




रामकुमार श्रेष्ठ –

नवलपुर । भेरोसिल खोप चाइनिज दुई दिन अघि १९ हजार बढी र आज विहीबार ८ हजार बढी गरी २७ हजार बढी डोज खोप आइपुगेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 




ति खोपहरु पहिले भेरोसिल खोप लगाएर दोस्रो डोज लगाउन बाँकी २१ दिन पुगेकालाई र ४५ बर्षदेखि माथि ४९ बर्षसम्मकालाई पहिलो डोज गरी लगाइने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

अहिले आएको खोप ४५ बर्षदेखि ४९ बर्ष समूहका १४ हजार ५ सय जनालाई पहिलो डोज र १३ हजार पाँच सय डोज दोस्रो डोज लगाउन बाँकीलाई लगाइने छ ।

 

४५ बर्षदेखि ४९ बर्ष समूहका लाई पहिलो मात्रा

बुलिङटार ७०० डोज

बौदीकाली ७०० डोज

हुप्सेकोट ९०० डोज

विनयी त्रिवेणी १२०० डोज

गैडाकोट ३२०० डोज

कावासोती ३२०० डोज

देवचुली २२०० डोज

र मध्यविन्दु २४०० डोज

 

दोस्रो डोज कहाँ कति

गैडाकोट १८७५ डोज

देवचुली ११४५ डोज

कावासोती २२९५ डोज

मध्यविन्दु १८२५ डोज

विनयी त्रिवेणी १४०५ डोज

बुलिङटार १८९० डोज

बौदीकाली १८५० डोज

र हुप्सेकोट ८१८ डोज

 

कसले लगाए अहिलेसम्म खोप

 

नवलपुरमा अहिलेसम्म उमेर समूह अन्तरगत ५० बर्ष माथिका उमेर समूहका नागरिकले खोप लगाएका छन् ।

त्यसैगरी शिक्षक, स्नातक तहदेखि माथिका विद्यार्थी, १८ बर्ष पुरा भएका १०+२ अध्ययनरत विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी (सरकारी निजी, बैंकिङ), पत्रकार, गाडी चालक सहचालक, उद्योग व्यवसायी, मजदुर (चौधरी उद्योगका ५ सय बढीले लगाउन बाँकी), एम्बुलेन्स चालक, जनप्रतिनिधिले खोप लगाएका छन् ।

अहिले आएको खोप ४५ बर्ष माथि ४९ बर्ष सम्मका उमेर समूहले खोप लगाउने छन् ।



सम्बन्धित
Loading...