चितवन प्रहरीलाई ठूलो सफलता; चोरीका ८ मोटरसाइकल सहित १४ जना पक्राउ




चितवन । मोटरसाईकल चोरी विरुद्धको अप्रेशनमा चितवन प्रहरीले ठूलो सफलता हात पारेको छ । मोटरसाईकल चोरीमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुको साथबाट प्रहरीले ८ वटा मोटरसाईकल, केही नगद र मोबाईल लगायतका सामान बरामद गरेको छ ।




जिल्ला प्रहरी कार्यालयले मोटरसाईकल चोरी विरुद्धको अप्रेसनका क्रममा नक्कली सवारी दर्ता किताब तयार गरी चोरीका मोटरसाईकल कारोबार तथा प्रयोग गर्नेहरू पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन खैरहनी ४ बस्ने बर्ष ३१ को सरोज खतिवडा, सोही स्थानका बर्ष ४२ को मिन बहादुर पुन, भरतपुर १५ बस्ने बर्ष ३४ को हिमाल पुन, सोही स्थानका बर्ष २३ को अरूण पुन, भरतपुर १६ का बर्ष २५ को सज्जन बुढाथोकी, भरतपुर २१ बस्ने बर्ष ३२ को टेजन पुन, भरतपुर ४ बस्ने बर्ष ४० को अरूण कँडेल, भरतपुर ११ बस्ने बर्ष २२ को अनिष श्रेष्ठ, सोही स्थानका बर्ष २४ को अशोक कुमाल रहेका छन् ।

त्यस्तै भरतपुर १ बस्ने बर्ष २८ को रबिन गुरूङ, भरतपुर २ बस्ने बर्ष २२ को उदय गुप्ता, बारा बारागढी ६ सिहसनी बस्ने वर्ष २८ को राजेश चौधरी, बारा करैयामाई ९ बस्ने बर्ष ३२ को सुनिल चौधरी र बारा जितपुर सिमरा ११ बस्ने बर्ष २५ को लक्की चौधरी रहेका छन् ।

प्रहरीले उनिहरुको साथबाट ८ वटा मोटरसाईकल, केही नगद र मोबाईल लगायतका सामान बरामद गरेको छ ।
बरामद भएका सामानहरू ः– 
१. बाग्मती प्रदेश ०२–०१८ प ७२६० नं. को मो.सा. थान १ –  भ म.न.पा. वडा नं. १० यातायात व्यवस्था सेवा कार्यालय अगाडीबाट ।

२. बागमती प्रदेश ०२–०१८ प ३५२७ नं. को मो.सा. थान १ – भ म.न.पा. वडा नं. १० यातायात व्यवस्था सेवा कार्यालय अगाडीबाट ।

३. बा ९५ प २८०० नं. को मो.सा. थान र र सोही मो.सा.को सवारी दर्ता किताब थान १ – भ म न पा वडा नं. १० हाकिमचोकबाट ।

४. प्रदेश–३ –०२–०२५ प ४२५९ नं. को पल्सर मो.सा. थान १ र सोही मो.सा.को सवारी दर्ता किताब थान १ – र न पा वडा नं. १६ शिवालयटोलबाट ।

५. प्रदेश ३–०२–०२१ प १४५६ नं. को मो.सा. थान १र सोही मो.सा.को सवारी दर्ता किताब थान १ – भ म न पा वडा नं. २० कोईरालाडाँडाबाट ।

६. प्रदेश ०३–०२–०१५ प ६७८९ नं. को पल्सर मो.सा. थान १ र  सोही मो.सा.को सवारी दर्ता किताब थान १ – भ म न पा वडा नं. २० कोईरालाडाँडाबाट ।

७. बागमती प्रदेश ०३–००४ प ४७४८ नं. को बुलेट मो.सा. थान १ ।

८. प्रदेश २–०३–०१५ प २१२३ नं. को मोटरसाईकल थान १ ।

९. नगद रू. ९१,०००÷– (एकानब्बे हजार) ।

१०. सामसुङ कम्पनिको मोबाईल थान १ ।

११. इउउयकम्पनिको मोबाईल थान १ ।

१२. पल्सर मोटरसाईकलको सांचो थान १ ।

१३. तार जोडिएको ज्याक थान १

 

स्रोत :जिल्ला प्रहरी कार्यालय चितवन



सम्बन्धित
Loading...