सरकारले निर्णय पछि पनि खुलेन पश्चिम नवलपरासीका नाकाहरु




सरकारले अन्तर्राष्ट्रिय सिमानाका खोल्ने निर्णय गरे पनि पश्चिम नवलपरासीको महेशपुर नाका र छोटी भन्सारको नाका अझै खुलेको छैन्  ।

 

नाका नखुलेको भएपनि सर्वसाधारणलाई भने लामो समय देखि भारत तर्फ आउ जाउ गरिरहेका छन् । सहायक मार्गबाट आउजाउ भईरहेपनि मुख्य भन्सारको बाटो हुँदै आउजाउ भएको छैन् ।

 




मातहतका निकाय बाट औपाचारिक निर्देशन प्राप्त नभएको भन्दै प्रहरीले पुर्ववत व्यवहार गरिरहेका छन् ।

 

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी महेश अधिकारीले नाका खुला गर्ने बारे औपचारिक पत्र नआएको बताउनुभयो ।

 

जिल्ला प्रशासन र हेडक्वार्टरबाट औपचारिक पत्र आएपछि भारतीय पक्षसँग समन्वय गरेर नाका खोलिने उहाँले बताउनुभयो ।

 

प्रशासनले औपचारिक रूपमा नाका नखोले पनि लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा भीडभाड बढेको छ ।

 

सामान्य किनमेलदेखि कामका लागि सर्वसाधारण आउने जाने गरिरहेका छन् ।

 

नाका खुलेपछि बल्ल व्यवसायीलाई राहत पुग्ने आशा लागेको पाल्हीनन्दन–१ ठूठीबारीका व्यवसायी नरेश पटेलले बताएका छन् ।

 

यसअघि नै स्वास्थ्य मापदण्ड पूरा गरेर नाका खोल्नुपर्नेमा ढिलै भए पनि खुलेकोले भारतीय सीमावर्ती नाका ठूठीबारी बजारमा अधिकांश ग्राहक नेपाली जाने गरिरहेका छन् ।

 

यसअघि भारत ठुठीबारीका स्थानीय व्यवसायीले पटक–पटक नाका खुलाउन भारत र नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत पहिलो सातादेखि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

पैदल आउजाउ खुलाए पनि सवारीसाधन समेत खुलाउनेबारे सरकारले मंगलबार निर्णय गरेको थियो ।

 

लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी संगै रुपन्देहिको ठुलो भन्सार नाका बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँके बर्दिया लगाएतका स्थानमा पनि नाका पूर्ण रुपमा खुलेका छैनन् ।



सम्बन्धित
Loading...