बस रुखमा ठाेकिएर दुर्घटना हुँदा १८ जना घाइते


 



 

माेरङकाे सुन्दरहरैंचा १० स्थित खाेर्साने बजारमा सडकमा कुदिरहेकाे यात्रु सवार बस एक्कासी रुखमा ठाेकीदा १८ जना घाइते भएका छन् ।

 




शनिबार बिहान करिब ४ बजे पुर्वपश्चिम लोकमार्ग स्थित खोर्सानेमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ८ ख ४२०३ नम्बरको बस रुखमा ठाेकिएर दुर्घटना भएको थियो ।

 

 

बसमा सवार २९ जाना यात्रु मध्ये १८ जना घाइतेकाे स्थानीय सुकुना हस्पिटलमा उपचार भएको साथै घाइतेहरुकाे अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

 

 



सम्बन्धित
Loading...