देउवासँग मिल्दा पनि डा. शशांक आफ्नै जिल्लामा कमजोर


 

 



नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला आफ्नै गृह जिल्ला नवलपुरमा कमजोर देखिएका छन् ।

 

 




डा. कोइरालाले केन्द्रिय महाधिवेशनमा रामचन्द्र पौडेलसमूहसँग गठबन्धन गर्ने चर्चा चले पनि गृह जिल्लामा भने उनका समूहले पार्टी सभापति देउवा समूहसँग गठबन्धन गरेर निर्वाचन लडेका छन् ।

 

 

वडा अधिवेशनमा प्रष्ट नदेखिए पनि त्यो गठबन्धन नगर तथा पालिका अधिवेशनसम्म आइपुग्दा प्रष्ट देखिएको थियो ।

 

 

अहिले प्रदेश सभा स्तरको क्षेत्रीय अधिवेशनमा पनि त्यो प्रष्ट देखिए । रामचन्द्र पौडेल निकटका नवलपुर जिल्लाका नेता महेन्द्रध्वज जिसीे एक्कै प्यानल बनाए पनि देउवा र शशांक मिलेर अर्को प्यानल गराए ।

 

प्रदेश सभाको ४ वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ४ वटा निर्वाचन क्षेत्रको क्षेत्रीय समिति गठन हुँदा डा. शशांक कोइराला निकटको समूहले एक ठाउँमा मात्र जित हात पाएको छ ।

 

 

नवलपुरमा डा. शशांक कोइराला निकट उनका स्वकिय सचिव भरत तिवारी आफै सक्रिय छन् भने देउवा निकट विष्णु कार्की सकृय छन् ।

 

 

४ स्थान मध्ये एक मा देउवा निकट कार्की समूहले जित हात पारेको छ भने बाँकी २ स्थानमा पौडेल निकट जिसी समूहले जित हात पारेका छन् ।

 

 

नवलपुर क्षेत्र नं. १ (क) बाट सभापतिमा निर्वाचित गोपाल सापकोटा जिसी निकट अर्थात पौडेल समूहका हुन् ।

 

 

त्यसैगरी १ ख मा सभापतिमा निर्वाचित हेमु पाण्डे डा. शशांक कोइराला समूहका हुन् । कोइराला निर्वाचित भएको संघीय निर्वाचन क्षेत्र नं. १ को क र ख मध्ये उनले क मा पनि आफ्नो शाख जोगाउन सकेनन् ।

 

 

त्यसैगरी नवलपुर २ क मा सभापतिमा निर्वाचित रामचन्द्र भण्डारी जिसी निकट अर्थात पौडेल समूहका हुन् भने नवलपुर २ ख मा सभापतिमा निर्वाचित कृष्ण तिवारी कार्की निकट अर्थात देउवा समूहका हुन् ।

 

 

जिसी आगामी जिल्ला अधिवेशनमा सभापतिमा उमेद्वारी दिने तयारीमा छन् । एक्कै ४ मध्ये २ क्षेत्र जित हात पारेको जिसीलाई झट्ट हेर्दा यस पटक जिल्ला सभापति सजिलै हत्याउने देखिए पनि उनलाई हराउन फेरि पनि देउवा र कोइराला समूह सक्रिय देखिएका कारण जिसीलाई यस पटक जिल्ला सभापतिमा जित हात पार्न फलामको चिउरा चपाउन सरह सावित हुने देखिन्छ ।

 

 

 



सम्बन्धित
Loading...