नवलपुर क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि देउवा प्यालनको बर्चश्व


 



रामकुमार श्रेष्ठ




नवलपुर । नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलको बर्चश्व देखिएको छ ।

 

 

यहाँ देउवा र महामन्त्री शशांकको एउटा प्यानल र रामचन्द्र पौडेलको अर्को प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।

 

 

पदाधिकारीको अन्तिम मतपरिणाम सार्वजनिक नगरिए पनि यहाँ सभापतिमा बराबर मत प्राप्त भएको र अन्य पदाधिकारी तथा क्षेत्रीय समितिमा देउवा प्यानलले जित हात पारेको छ । आधिकारिक घोषणा भने आज दिउँसो कावासोती स्थित जिल्ला पार्टी कार्यालयमा गरिने भएको छ ।

 

 

२५ जना महाधिवेशन प्रतिनिधिमा देउवाका २१ जना, रामचन्द्रका ३ जना र शशांक कोइरालाका १ जना निर्वाचित भएका छन् ।

 

 

 

 

प्राप्त जानकारी अनुसार महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ ओमबहादुर घर्ती ओम थापा (प्राप्त मत ४५१) निकट देउवा, गणेशमान श्रेष्ठ ३८४ (रामचन्द्र), चन्द्रबहादुर राना (५२७) देउवा, चेतप्रसाद पौडेल चेतन (४१६) देउवा, विष्णुकुमार कार्की (५१४) देउवा, विष्णुप्रसाद ढकाल (३९३) देउवा, विष्णुप्रसाद लामिछाने ५०३ (शशांक), शंकर तिवारी (३७२) देउवा, सुरज गुरुङ (३९२) रामचन्द्र, सोनी जिसी (३८९) देउवा) विजयी भएका छन् ।

 

 

त्यसैगरी महिलाबाट ओमकुमारी महतो ३६३ (रामचन्द्र), दुर्गा लक्ष्मी पाठक काफ्ले ३७२ (देउवा), विमला सापकोटा ३७८ (देउवा), सुमित्रा खनाल ३७७ (देउवा) निर्वाचित भएका छन् ।

 

 

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा खसआर्य पुरुषतर्फबाट जिवलाल (जिवन) पाठक ४३७ (देउवा), रामजीप्रसाद पौडेल ३८२ (देउवा), खस आर्य महिलातर्फबाट ३६६ (देउवा) विजयी भएका छन् ।

 

 

त्यसैगरी महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ ४३९ (देउवा), पूर्णसिंह राना ४१५ (देउवा), श्याम प्रसाद श्रेष्ठ ४३४ (देउवा) र जनजाति महिलाबाट पुनम नगरकोटी ४२४ (देउवा), मायादेवी श्रेष्ठ ४१८ (देउवा) विजयी भएका छन् ।

 

 

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अल्पशंख्यक मधेषीबाट नन्दकिशोर गुप्ता रौनियार ४४२ (देउवा), थारुबाट टिकाकुमारी महता ४२२ देउवा, दलितबाट झमाया विक ४६२ (देउवा) विजयी भएका छन् ।

 

 

 

 

 

 



सम्बन्धित
Loading...