दाउन्नेमा यात्रुवाहक बस पल्टियो
प्रेम चन्द रौनियार
नवलपरासी । पूर्वी नवलपरासीको वर्दघाट नगरपालिका ४ दाउने एसमोडमा आज विहान करिब साढे पाँच वजे यात्रु बाहक बस पल्टिएको छ ।
बस पलटिदाँ १० जना यात्रु घाइते भएको र घाइते मध्धे २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एंवम सूचना अधिकारी रामप्रसाद पाण्डेले दिएको जानकारी अनुसार काठमान्डौंबाट महेषपुर आउँदै गरेको लु १ ख ८१३८ नम्बरको बस दाउन्नेको एसमोडमा पल्टिएको हो ।


