कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थिति तनावग्रस्त,आधा दजर्न बढी अश्रुग्यास प्रहार
कैलाली। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो १२ तिर लम्कीचुहा नगरपालिका–१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
महिलालाई ठक्कर दिने नवलपरासीका ट्रक चालक राजकुमार चौधरीलाई प्रहरीको नियन्त्रणमा लिइसकेको छ ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । आक्रोशित भीडले ट्रक तोडफोड पनि गरेको छ ।
भीड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ ।