काँग्रेस नवलपुरका अधिवेशन केही दिनलाई सर्यो, नवलपुर २ को सभापतिको पुन मतगणना ११ गते हुने


 




रामकुमार श्रेष्ठ


नवलपुर । नेपाली काँग्रेस नवलपुरको जिल्ला अधिवेशन केही दिन पर धकेलिएको छ ।

 

 

 

 

नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछानेका अनुसार अधिवेशन केही दिन पर सार्ने निर्णय भएको छ तर, मिति यकिन गर्न भने वैठकमा अहिले छलफल चलिरहेको छ ।

 

 

 

नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा मत बराबर भएपछि पुन मतगणना बेलैमा हुन नसकेको कारण भोलि अर्थात मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन पर सरेको हो ।

 

क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको मतको पुन गणना मंसिर ११ गते हुने भएको छ ।




सम्बन्धित
Loading...