कावासोतीमा पुष ८ गतेदेखि खाना महोत्सव


कावासोतीमा पुष ८ गतेदेखि खाना महोत्सव



कावासोती । नवलपुरको कावासोतीमा आगामी पुस ८ गतेदेखि प्रथम बृहत खाना, पर्यटन, सास्कृतिक तथा व्यापारीक महोत्सव हुने भएको छ ।

 

नवलपुर होटल व्यवसायी संघ नवलपुरको आयोजनामा पुस ८ गते देखि १७ गते सम्म कावासोती स्थित टुवोर्ग ग्राउण्डमा महोत्सवको आयोजना गरिएको नवलपुर होटल व्यवसायी संघले बिहिबार कावासोतीमा पत्रकार सम्मेलन गरेर जानाकारी दिएको हो ।

 




नवलपुरको पर्यटन विकास केन्द्रीत हुने, यहाँका विभिन्न जातिका खानाका परिकार सहित उनिहरुका सस्कृती झल्काउने नृत्य , जंगल सफारी, प्याराग्लाइडिङ्ग लगायत महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ ।

 

कोभिडका कारण सुस्ताएको नवलपुरको पर्यटन गतिविधिलाई चलायमान गराउ महोत्सव गर्न लागिएको समेत अध्यक्ष सन्तोष रानाले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा करिब २०० स्टल रहने र कुल १ करोड बराबरको कारोबार हुने आयोजकले जनाएको छ ।



सम्बन्धित
Loading...