वैदेशिक लगानीकाे सञ्चारमाध्यम बन्द गर्न माग गर्दै क्रान्तिकारी पत्रकारकाे प्रदर्शन
वैदेशिक लगानीकाे सञ्चारमाध्यम बन्द गर्न माग गर्दै क्रान्तिकारी पत्रकार महासंघकाे प्रदर्शन – फाेटाे फिचर
काठमाण्डाैं । वैदेशिक लगानीमा सञ्चालनमा रहेकाे सञ्चारमाध्यम बन्द गर्न माग गर्दै क्रान्तिकारी पत्रकार महासंघले आज काठमाण्डाै माईतीघर मण्डला अगाडि प्रदर्शन गरेका छन् ।
विहान १ घण्टा प्रदशन गरेका हुन् । वैदेशिक लगानीकाे सञ्चार माध्यम बन्द गर, सञ्चारमाध्यममा वैदेशिक लगानी बन्द गर, वैदेशिक लगानीकाे सञ्चारमाध्यमकाे अनुमति खारेज गर जस्ता प्ले कार्ड सहित प्रदशन गरिएकाे थियाे ।
भारतीय याेगगुरू रामदेवले नेपालमा पछिल्लाे समय आस्था नेपाल र पताञ्जली टेलिभिजन सञ्चालनमा ल्याएकाे छ । जुन टेलिभिजनकाे केही दिन अघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
उक्त टिभी नेपालमा सञ्चालनकाे अनुमति समेत लिएकाे छैन ।















