नवलपुरमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन
कावासोतीमा मतदाता नामावली संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बढी भन्दा बढी मतदाता नामावली संकलन गर्ने उद्देश्यका साथ मंसिर १७ गते देखि पुस २ गते सम्म १५ दिनका लागि हुन लागेको मतदान नामावली संकलन कार्यक्रम कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यले आज निर्वाचन कार्यलय नवलपुरले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
१८ बर्ष पुगेर मतदान गर्ने अधिकार प्राप्त भएका,बसाइसराइ गरि आएका र मतदाता नामावलीमा नाम छुटेकाहरुलाई लक्षित गरि नामावली संकलन यही मंसिर १७ देखि पुस २ गते सम्म सञ्चालनमा रहने जिल्ला निर्वाचन अधिकृत लाल प्रसाद भुषालले जानकारी दिए।
कावासोती बाहेक पुर्वी नवलपरासीको पालिकाहरुमा निर्वाचन आयोगका टोलस्हरु पुगेरै नामावली संकलन गर्ने निर्वाचन अधिकृत भुषालले जानकारी दिए ।
निर्वाचन अधिकृत लाल प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका मेयर पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला मन माया पंगेनी भट्टराई,अधिकृत राम बहादुर केसी , विनयीत्रिवेणी गाउपालीकाका अध्यक्ष डम्बर जिसी , बौदिकाली गाउपालीकाका अध्यक्ष दुर्गा बहादुर राना जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख एसपी प्रकाश मल्ल, पत्रकार लगायतको उमस्थिती रहेको थियो ।
जिल्ला प्रशासन कार्यलय नवलपुर र निर्वाचन आयोग नवलपुरमा मतदाता नामावली संकलन भइरहेको छ ।

