एमाले महाधिवेशन खर्च नौ करोड रुपैयाँ !


 



चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ ।




निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

उनकाअनुसार सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा नौ करोड खर्च भएको हो ।

 

दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भएको बताउँदै तामाङले भने, ‘यसकारण अलि बढी खर्च भएको हो ।’

 

महाधिवेशन लम्बिँदा खान बस्ने थप एक करोड ५० लाख खर्च भएको तामाङले जानकारी दिए ।

उनकाअनुसार महाधिवेशनका लागि ‘जम्मा सात करोड ५० लाखको बजेट बनाइएको थियो ।’ ‘दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना बढेकाे छ,’ उनले भने, ‘सबै बिलहरू के-कति खर्च भयो भन्ने एकिन हुन्छ ।’

 

ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...