कावासोतीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ रामनगर चोकमा मंगलबार राति भएको सवारी दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्व आउँदै गरेको ना ७ ख ६७४६ नम्बरको बसले लु ४८ पु ११३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी कावासोती ९ निवासी राजेन्द्र परियारका दुई छोरा निश्चल परियार र निशान परियार गम्भीर घाइते भएका छन् ।
उनीहरुको अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।







