विष्णु लामिछाने प्रदेश महामन्त्रीका उम्मेदवार, जिसी प्रदेश सभापतिको आकांक्षी




कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु प्रसाद लामिछानेले नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

 

उनी डा. शशांक कोइराला र रामचन्द्र प्यानलबाट महामन्त्रीको उम्मेदवार हुन् । स्रोतका अनुसार उक्त प्यानलबाट विष्णु लामिछानेले मात्र महामन्त्रीमा दावी गरेका छन् ।

 

 




स्रोतका अनुसार डा. शशांक कोइराला र रामचन्द्र पौडेल प्यानल गण्डकी प्रदेशमा आफ्नो समूहबाट कस कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लगाउन आज अन्तिम छलफलमा बस्दै छ ।

 

 

त्यसैगरी नेपाली काँग्रेस नवलपुरकै अर्का नेता महेन्द्रध्वज जिसीले पनि नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा उमेदवारी दिने तयारीमा छन् ।

 

 

तथापि जिसीको भने फाइनल भईसकेको छैन । जिसीसँगै सभापति पदमा शशांक र पौडेल प्यानलबाट ४ जना आकांक्षी देखिएका छन् ।

 

 

जिसीले सभापतिमा उम्मेदवारी दिने सम्भावना प्रवल रहेको बताइएको छ । तथापि स्रोतका अनुसार जिसीले प्रदेश सभापतिमा सहमति जुटाउन नसके जिल्ला सभापतिमा फर्किने सम्भावना पनि उत्तिकै रहेको छ ।

 

 

जिसीले प्रदेश सभापतिमा उमेदवारी दिन पक्का भए नवलपुरमा उक्त प्यानलबाट जिल्ला सभापतिमा उमेदवारी दिन मदनभक्त अधिकारीलाई बाटो सहज हुने देखिएको छ ।

 

 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत यहि मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुने छ ।

 

 

“सङ्गठनलाई चुस्त दुरुस्त राख्दै गुटउपगुटबाट पार्टीलाई बचाउन महामन्त्रीमा मेरो उम्मेद्बारी रहन्छ” , लामिछाने भने । काङ्ग्रेसको सङ्गठनलाई चलायमान गराउन, बिपि बिचारलाइ स्थापित गर्न र पार्टी भित्र संघियताको मर्म स्थापित गर्नआफुले उम्मेदवारी दिन विष्णु लामिछानेले बताए ।

 

 

नवलपुरको पहाडी क्षेत्र जन्मिएका लामिछानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए ।

 

 

वि.स २०४८ मा नेपाली कांग्रेस नवलपरासीको कार्यलय सचिव, २०५१ बाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला कार्यसमिती सदस्य, कांग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला सचिव र १३ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित लामिछाने गण्डकी प्रदेश विधायन समितिका सभापति समेत हुन ।

 

उनी २०७४ को निर्वाचन बाट नेकपाका किसन शर्मा गैरेलाई पराजित गर्दै प्रदेश सभा सदस्य बनेका थिए ।

 

लामिछाने नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोईराला निकट मानिन्छन ।

 

 



सम्बन्धित
Loading...