यात्रुले जहाज धकेल्नु परेपछि … …
यात्रुले जहाज धकेल्नु परेपछि … …
हामीले कति पय यात्रामा चारपाङग्रे तथा हलुका सवारी साधन विग्रियो वा अप्ठेरो बाटोमा फस्यो भने धकाल्ने गरेको कतिपयले देखेका छौं भने कतिपयले धकेलेका पनि छौ. तर, बुधबार नेपालमा फरक दृश्य देखियो ।
बुधबार बाजुरा विमानस्थलमा जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलिरहेका थिए ।
तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।
जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो ।
विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए ।
त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।
त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो ।
टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।