आफैले चलाएकाे ट्याक्टर दुर्घटनामा श्रीमानको घटनास्थलमै मृत्यु, श्रीमती घाइते




रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

 

आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो ।

 




दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ ।

 

उनकी श्रीमती सपना विक घाइते भएकी हुन्।

 

उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।

 



सम्बन्धित
Loading...