परासीमा अवैध सुपारी बरामद
पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका–१ बन्धाबाट मोटरसाइकलमा अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको करिब एक लाख आठ सय रूपैयाँ मूल्यबराबरको करिब एक क्वीन्टल १२ किलो सुपारी बिहीबार बिहान नवलपरासी प्रहरीले बरामद गरेको छ ।
सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त सुपारी सोही ठाउँमा छोडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
फरार व्यक्तिको तत्काल खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, गैँडाकोट नगरपालिका–३ भोक्रेफाँटस्थित निर्माणाधीन कालिगण्डकी कोरिडोर सडककिनारमा सोही करिडोरमा काम गर्ने सुर्खेत गुर्बाकोट गाउँपालिका–६ बस्ने २३ वर्षीय विराज ओली बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

