भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु-
कञ्चनपुर, मंसिर १७–
कञ्चनपुरको झलारीमा भोज खान हिडेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा लालझाडी गाउँपलिका–९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ।
ट्याक्टरमा १४ जना सवार थिए।
.
