दलीय राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालतकाे आदेश
दलीय राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न उच्च अदालत पाटनले आदेश दिएकाे छ।
शिक्षकहरु विभिन्न दलको क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिँडेको र त्यसले शिक्षाको गुणस्तर खस्किएको भन्दै अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही गर्न आदेश दिएको हो।
