कांग्रेस लुम्बिनी : सस्थापन ईतरका प्यानल विजयी, महामन्त्रीमा विक्रम खनाल विजयी
भैरहवा । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समूहका अमरसिंह पुनको प्यानल विजयी भएको छ ।
मतपरिणामअनुसार पुनले ८५२ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन ।
पुन प्प्यानलका उपसभापति उम्मेदवार अष्टभुजा पाठक झिनो मतले पराजित भएका छन् ।
पदाधिकारिमा उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल विजयी भएको हाे ।
त्यस्तै, उनका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत प्राप्त गरे ।
पुनले ८५ मतले शाहलाई पराजित गर्न सफल भए । शाह संघिय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्।
उनलाई गृहमन्त्री बालकृष्ण खाँण, पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कणेलले सर्मथन रहेकाे थियाे।
पुनलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगाएतको समर्थन थियो ।
उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल विजयी भएका छन् ।
श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन् भने खनालले ७९२ मत प्राप्त गरेका छन् । पाठकले ७७२ मत पाए। उनले २० मतले पराजित हुनु भएको हो ।
महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भए । विक्रम खनाल पश्चिम नवलपरासीका हुन् ।
खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिए ।
https://youtu.be/H1AnAP3ize8
त्यसैगरी सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भए ।
खनालले सर्वाधिक ८६९ मत प्राप्त गरे भने पाण्डेयले ७७६ मत प्राप्त गरे।
महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भए । उनले ८३० मत प्राप्त गरे ।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल एक हजार ६३१ मत खसेको थियो।
।

