नवलपुरका विष्णु कार्कीले नेपाली कााग्रेसकाे केन्द्रिय सदस्यमा उम्मेदवारी दिने
नवलपुरका विष्णु कार्कीले नेपाली कााग्रेसकाे केन्द्रिय सदस्यमा उम्मेदवारी दिने ||
नवलपुर । नवलपुरमा नेपाली काँग्रेसकाे राजनीतिमा एकएका उदाएकाे विष्णुकुमार कार्कीले नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा उमेदवारी दिने भएका छन् ।
मङ्सिर २५ गतेदेखी सुरु हुने नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नेता कार्कीले केन्द्रिय सदस्यमा उम्मेद्बारी दिन लागेका हुन ।
उनी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट छन् ।
नवलपुरमा उनले देउवा निकटका आधा जतिलाई केन्द्रीय मारहाधिवेशन प्रतिनिधिमा जिताएका छन् ।
उनी यस अघि संघीय संसादमा काँग्रेसबाट उमेदवारी दिएका थिए । उनी त्यति बेला नेकपा एमालेका तिलक महतसँग पराजित भएका थिए ।
कार्की पुन नवलपुर २ बाट संघीय सांसदमा काँग्रेसका सबैभन्दा दावेदार उमेदवार पनि हुन् ।
नेता कार्कीले केन्द्रिय कार्यसमिती सदस्यमा निर्वाचित भए प्रशिक्षणका कार्यक्रममा जोड दिने बताउँदै सहयोगका लागी अपिल गरेका छन ।
देउवा निकट मानिने भएका कारण पनि उनकाे नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा उमेदवारी सुनिश्चित मानिएकाे छ ।
महाधिवेशनका लागि नवलपुरबाट ५० जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

