नगद १७ लाख सहित जुवा खेलिरहेका १६ जना पक्राउ


नगद १७ लाख सहित जुवा खेलिरहेका १६ जना पक्राउ||



नवलपुर । प्रहरीले काठमाण्डाैबाट करिब १७ लाख नगद सहित जुवाखेलीरहेकाे १६ जनालाई पक्राउ गरेकाे छ ।

 




काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

 

काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

 

अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

 

पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए।

 



सम्बन्धित
Loading...