भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना


भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।



चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 




दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

 

हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।

 

दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

 

तर अस्पताल लगिएका घाइतेको पहिचान भने खुलाइएको छैन ।

 

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

..



सम्बन्धित
Loading...