अबको शिक्षा व्यवहारिक र प्रविधि मैत्री हुनुपर्नमा शिक्षामन्त्रीको जोड
मिना कंडेल –
नवलपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले अबको शिक्षा व्यवहारिक र प्रविधि मन्त्री हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वी नवलपरासीको कावासोती ४ मा रहेको सरस्वती नमुना माविको ४६ औ वार्षिकत्सव तथा नमुना मा बि को १२ कोठे भवनको उदघाटन गर्दै उनले यस्तो बताए ।
मन्त्री पौडेलले सामुदायिक विद्यालयले सिमित स्रोत साधनका बीच पनि उल्लेख्य उपलब्धी हाँसिल गरेको दावी गर्दै सामुदायिक विद्यालयमा धेरै समस्या रहेको र त्यस समस्याको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
मन्त्री पौडेलले अहिलेको शिक्षा घोकन्ते मात्र नभए व्यवहारिक हुन सके मात्र उपयोगी हुने बताउँदै सामुदायिक विद्यालयमा अझ बढी ध्यान दिनु पर्नेमा जोड दिए ।
निजी विधालयमा शतप्रतिशत नतिजा ल्याउनका लागि मात्र विद्यार्थीलाई घोकाउने प्रचलन रहेकाले त्यसो गर्दा भोलिका दिनमा विद्यार्थीको सर्टिफिकेटमा मात्र सिमित हुने भएकाले प्राविधिक र जीवन उपयोगि शिक्षामा जोड दिनु पर्ने पौडेलको जिकिर थियो ।
हरेक विधार्थीमा आफुले सिकेको सीप र ज्ञान हासिल गरेका शिक्षा व्यवहारमा लागु हुने खालको हुनु पर्ने भन्दै सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको आर्कषण बढेको र नतिजा पनि राम्रो आएकाले यसतर्फ शिक्षक, विधार्थी र अभिभावक लाग्न आग्रह गरे ।
कार्यक्रममा नवलपुर क्षेत्र न २ का संघीय सांसद तिलक महत, गण्डकी प्रदेस विधायन समितिका संयोजक विष्णु लामिछाने, प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी, कावासोती नगर प्रमुख चन्द्र कुमारी पुन, जिल्ला समन्वय प्रमुख कृष्ण चन्द्र पोख्रेल लगायतकाले शुभकामना मन्तव्य राख्दै शिक्षालाई प्रभावकारी तवरले लाग्न सवै लाग्नु पर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु न्यौपानेले विद्यालययको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
https://www.youtube.com/watch?v=H1AnAP3ize8

