नवलपुरमा गैंडाको आक्र\मणबाट एक जनाको मृ’त्यु


 



कावासोती, मंसिर २२ गते ।

 




नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् ।

 

बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा भैसी चराउन गएर बस्दै गरेका महतोलाई अचानक गैंडाले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो ।

 

 

घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=H1AnAP3ize8



सम्बन्धित
Loading...