बिनयी त्रिवेणीमा मन्दिरका सामाग्री चोरी
कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाँउपालिका–६ मा रहेको एक मन्दिरमा मंगलबार राति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्र मन्दिरमा चोरी भएको हो ।
मन्दिर सतलमा राखिएको कृष्ण भगवानको मुर्ती थान –१,पारदर्शी शिवलिगं थान –१ ,चरेसको थाल थान–१ , तामाको कलश थान–४ ,चरेशको घण्टी थान –१ ,जलधारी तामाको थान –१, चाँदीको दियो थान –१,काँचको कचौरा थान –१ ,सालीग्राम थान –४० र २ थान काठको दानको पेटी चोरी भएको प्रहरीले जनाएको छ ।
सबै सामाग्री गरेर .९४ हजार पाँच सय बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शंकास्पद २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुषन्धान गरिरहेको जानकारी दिएको छ ।
