नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ
नवलपुरमा लागुऔषधसहित २ जना पक्राउ ||
नवलपुर (गैडाकाेट) | पूर्वी नवलपरासीमा गैडाकाेट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ ।
गैडाकाेट २ कन्टिनेन्टल स्कुल नजिक भित्री सडक खण्डमा एक जना भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेकाे हाे ।
भारतकाे विहार नाैतुनवा निवासी १९ बर्षीय उमेश राजभर र उनीसँगै रहेका नवलपुरकाे गैडाकाेट ५ निवासी २२ बर्षीय अनुज थापा पक्राउ परेका हुन् ।
प्रहरीले भारतीय नागरिककाे साथबाट डाईजापाम ९७ एम्पुल, फेनारागन ९५ एम्पुल र नुफिन ८५ एम्पुल बरामद गरेकाे छ ।
पक्राउ परेका ईलाका प्रहरी कार्यालय गैडाकाेट नवलपुरमा राखिएकाे छ ।
।

