दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ


 



 

दाङ-  दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही(१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् ।

 




३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका-४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् ।

 

४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

 

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ ।

 

https://www.youtube.com/watch?v=H1AnAP3ize8



सम्बन्धित
Loading...