बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका बेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदीलाई बाघले खाएको हो ।
सुवेदी बिहीबारदेखि सम्पर्कबिहीन थिए । स्थानीय मन्दीरमा पुजारीसमेत रहेका उनलाई नियमित पूजा गरेर फर्कने क्रममा बाघले आक्रमण गरेको हो ।
सुवेदीको शरीरका केही भाग मात्र बाँकी रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कपडा, चप्पल र एउटा गोडाबाट परिवारले शवको पहिचान गरेका थिए ।
