नवकिरण सहकारी संस्था मध्यविन्दु ७ अम्रसाको ८ औ बार्षिक साधारण


नवकिरण सहकारी संस्था मध्यविन्दु ७ अम्रसाको ८ औ बार्षिक साधारण  ।।



प्रिय धन, चोरमारा |
पूर्वी नवलपरासीको मध्यविन्दु ७ अम्रसामा रहेको नवकिरण सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

 

 




भुपु सैनिक संघ अम्रसाको भवनमा आज सो कार्यक्रम भएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मध्यविन्दु ७ का वड़ा अध्यक्ष अमृत प्रसाद ज्ञवालीले सहकारीले उपभोक्ताको मर्म अनुसार नयाँ नयाँ योजना ल्याउनु पर्नेमा जोड़ दिए ।

 

साथै उनले सहकारीका लागि आवश्यक रणनीति बनाउन वडा सदैव तत्पर रहने समेत बताए ।

 

 

यसैगरी ज्ञवालीले नवकिरण सहकारी संस्थाको आफ्नै भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा वडाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।

 

 

यस्तै मध्यविन्दु ७ का वडा सदस्य कमल महतोले हरेक चुनौती मा सहकारीका सबै शेयर सदस्य जुटेर समाधान गर्नुपर्ने बताए ।

 

 

यसैगरी कार्यक्रममा आनन्द कृषक समूहका अध्यक्ष यमलाल भण्डारीले आफ्नो सहकारी संस्थामा चित्त नबुझेका कुरा भए समूहमै खुलेर गुनासा राख्न र सम्बंधित पक्षले जवाफ दिनुपर्ने बताए ।

 

 

यस्तै सिर्जनशिल आमा समूहका अध्यक्ष शिवकुमारी मल्लले नवकिरण सहकारी संस्थामा आवद्धहरुमध्ये महिलाको उपस्थिति बाक्लो हुनुमा महिला अब थप जिम्मेवार बनेको अनुभूति भएको बताए ।

 

यसले महिलाको सामाजिक उत्तरदायित्व समेत थपिएको मल्लले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष कर्ण बहादुर मल्लले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै अध्यक्ष मल्लले आगामी आर्थिक बर्षका लागि बिभिन्न प्रस्तावहरु समेत पेश गरेका थिए ।

 

संस्थाको भवन निर्माण , शेयर सदस्य संख्या बृद्धि लगायतका बिभिन्न प्रस्तावहरु ताली मार्फत अनुमोदन गरि पारित गरिएको छ ।

 

यस्तै कार्यक्रममा संस्थाको तर्फबाट गणेश प्रसाद ज्ञवालीले साठी लाख चालिस हजार तीन सय असी रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

नवकिरण सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभामा मध्यविन्दु ७ अम्रसा टोलका ११ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

 

यसै गरि संस्थाका उत्कृष्ट ऋणी यमुना सुवेदी र देवीलाल मिधुनलाई सम्मान गरिएको थियो । त्यस्तै हाल सम्म एकलाख २२ हजार वचत गरि उत्कृष्ट वचतकर्ताको रुपमा सिम्रन आले साक्षीलाई पनि सम्मान गरिएको थियो ।

 

 

बार्षिक साधारण सभा कार्यक्रममा लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीहरु दुर्गा मल्ल , आराध्या भूसाल , दिया महतो , सलोन राना, दिव्या महतो , अशोक राना , दिव्या गैरेले नृत्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा मध्यविन्दु ७ का वडा सदस्य रामा ढकाल , अम्रसा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष लाल बहादुर मल्ल लगायत समाजसेवी र शेयर सदस्यको उपस्तिथि रहेको थियो ।

 

ऋण उपसमितिका सदस्य सावित्री महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन दर्पण एफएममा पत्रकार प्रिय धन पाण्डे र सरोज ज्ञवालीले गरेका थिए ।

 

कार्यक्रम नवकिरण सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर मल्लको अध्यक्षता तथा मध्यविन्दु ७ का वडाध्यक्ष अमृत प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो ।

 

 



सम्बन्धित
Loading...