२६ लाखको लागतमा कावासोतीमा पक्की सडक


 



कावासोती । कावासोती नगरपालीका वडा नं २ को नवदुर्गा मार्ग वासे चौतारी देखी वसुन्धरा चोकसम्म ३४० मिटर सडक कालोपत्रे गरिएको छ ।

 

 




गण्डकी प्रदेश पुर्वाधार विकास मन्त्रालय संसद विकास कोष अन्र्तगतको २५ लाख लगानी तथा १ लाख जनसहभागिताबाट करिव २६ लाखको लगानीमा सो सडक कालोपत्रे गरिएको हो ।

 

 

नवदुर्गा मार्ग योजनाका अध्यक्ष टंक प्रसाद काफ्लेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सांसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

 

कार्यक्रममा बोल्दै गाहाले सर्वसाधारणका लागि अत्यावश्यक विकास निर्माणका पुर्वाधारहरु सडक, नाला, मठमन्दिर, कुलो, कल्भर्ट तथा जेष्ठ नागरिकका लागी चौतारी प्रतिक्षालय लगायतका संरचना निर्माणमा सदैव साथ र सहयोग रहने बताए ।

 

 

त्यस्तै कावासोती २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले पनि विकास निर्माणका कार्यमा स्थानिय तहको सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

 

 

मधु कुमार थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण ठाडाले गरेका थिए ।

 

 



सम्बन्धित
Loading...