दाङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु
दाङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु ||
दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षिय प्रेमप्रकाश शर्मा, ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्का रहेका छन् ।
दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् ।
तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप दुर्घटना भएको हो ।
गियर फसेका कारण जीप दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा १८ जना यात्रु सवार रहेका थिए ।


