माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरूङ्ग, नवलपुरबाट १५ जना प्रदेश सदस्य
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) गण्डकी प्रदेश समितिकाे प्रथम अधिवेशनबाट गायत्री गुरूङ्ग निर्बिराेध चयन हुनु भएकाे छ ।
माओवादी केन्द्र गण्डकी प्रदेश कार्यलय सदस्य तथा गण्डकी प्रदेश प्रमुख सचेतक रहनु भएकी गुरूङ्गकाे अध्यक्षतामा पछि २८ थप्ने गरि २२९ सदस्सीय समिति बनेकाे हाे ।
शनिबारदेखि पाेखराकाे सभागृहमा सञ्चालित अधिबेशनले आईतबार राती मात्रै प्रदेश समितिकाे नामावली टुङ्गाएकाे हाे ।
अध्यक्षमा आकांक्षी धेरै भएपछि प्रदेश समितिकाे नाम टुङ्गाएपछि पहिलाे बैठकबाट अध्यक्षमात्रै चयन गरिएकाे हाे । अन्य पदाधिकारी अर्काे बैठकबाट टुङ्गाउने जनाएकाे छ ।
प्रदेश समितिमा नवलपुरबाट १५ जना सदस्य चयन भएका छन् । पुरानै समितिमा रहेका ७ जनामा नयाँ ८ जना थपिएका छन् । पुराना सदस्यहरूमा मित्रशरण शर्मा, धनप्रसाद सापकाेटा, बालकृण्ण रानाभाट, तारा भूषाल, सुष्मा खनाल, टंकमणी शर्मा र कृण्ण प्रसाद शर्मा हुन् भने नयाँ थपिएका सदस्यहरूमा गैडाकाेट नगरबाट लक्ष्मी खाँड र गाेपी कंडेल, देवचुली नगरबाट ईश्वरी महताे र नेत्र सुनार, हुप्सेकाेट गाउँपालिकाबाट चन्द्रबहादुर थापा, बिनयी त्रिवेणीबाट दमयन्ती रूचाल, बुलिङ्टारबाट यम बहादुर सारू र बाैदिकालीबाट टंक पुलामी चयन भएका छन् ।
कावासाेती थप २ जना पछि थपिने भएकाे छ ।

गण्डकी प्रदेशकाे प्रथम अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट ६००, मनाेनित ६०, आयाेजक ९६, जेष्ठ कम्युनिष्ट मञ्चका ४३, प्रदेश सल्लाहकार ४७ जना गरि ८४६ जना प्रतिनिधि सहभागी रहेका थिए जसमा नवलपुरबाट ५० जना प्रतिनिधि रहेका थिए ।


