काँग्रेस महाधिवेशनः क-कसले मार्लान त बाजि नवलपुरका केन्द्रीय सदस्यका उम्मेदवारहरुले


नवलपुर । नेपाली काँग्रेसको जारी १४ औं महाधिबेशनमा नवलपुरबाट ११ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।



ती मध्य डा. शशांक काेईराला र उद्याेगपति विनाेद चाैद्यरी सबैभन्दा चर्चित हुन् ।

त्यस पछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पनि केन्द्रीय सदस्यका उमेदवार छन् । नवलपुरमा छिट्टै आफ्नाे राजनीतिक छवि उठाएका विष्णु कार्की पनि केन्द्रिय सदस्यमा उमेदवार बनेका छन् ।

 

 




आज आईतवार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली प्रकासनको सूचीमा नवलपुरका ११ जनाले उम्मेदवारी कायम राखेका छन् ।

नवलपुर क्षेत्र नं. १ का संघीय सांसद एवं नेपाली काँग्रेसका महामन्त्री समेत रहेका विपीपुत्र डा. शशांक कोइरालाले यसपटक सदस्यमा उम्मेदवारी दिएका छन् । डा. काेईराला सभापतिका आकांक्षी हुन् । तथापि उनले अन्त्यमा आएर केन्द्रिय सदस्यमा उमेदवारी दिए । उनकाे नाम दुई वटा प्यानलकाे सूचीमा अटेकाे छ ।

 

 

३५ सदस्य निर्धारण गरिएको खुल्लातर्फमा डा. कोइरालाले उम्मेदवारी दिएका छन् । ९९ जनाले उम्मेदवारी दिएकामा नवलपुरबाट कोइराला र शंकर तिवारीले उम्मेदवारी कायम राखेका छन् ।

 

केन्द्रीय सदस्य गण्डकी प्रदेश खुल्लातर्फबाट मुख्यमन्त्री समेत रहेका नवलपुरका कृष्णचन्द्र पोखरेल नेपालीले उम्मेदवारी कायम राखेका छन् । २ जना केन्द्रीय सदस्य आवश्यक पर्ने प्रदेश खुल्लातर्फ ४ जनाको उम्मेदवारी परेको छ ।

 

९ जना केन्द्रीय सदस्य आह्वान गरिएको खुल्ला महिलातर्फ नवलपुरकी सीतादेबी देवकोटा पाण्डेले आफ्नो उम्मेदवारीलाई कायम राखेकी छन् । खुल्ला महिलातर्फ ३० जनाको उम्मेदवारी परेको छ ।

 

यस्तै, केन्द्रीय सदस्य गण्डकी प्रदेश महिला तर्फबाट नवलपुरकै विष्णुदेबी पाण्डेको उम्मेदवारी कायम छ । १ जना आवश्यक पर्ने प्रदेश महिलातर्फ केन्द्रीय सदस्यमा २ जनाको उम्मेदवारी छ ।


आदिवासी जनजाति खुल्लातर्फ ८ जना केन्द्रीय सदस्यका लागि ४९ जनाको उम्मेदवारी रहेको छ । नवलपुरका ३ जनाले उम्मेदवारी कायम राखेका छन् । नवलपुरका ओमबहादुर घर्ती (ओम थापा), कर्णेल धनबहादुर मास्की राना र श्यामप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

७ जना केन्द्रीय सदस्य आवश्यक रहेको खस–आर्य खुल्लातर्फ ४३ जनाको उम्मेदवारी परेको छ । नवलपुरबाट गणेश सापकोटा र विष्णु कुमार कार्की २ जनाले उम्मेदवारी दिएका छन् ।

५ जना केन्द्रीय सदस्यका लागि मधेसी खुल्लातर्फबाट २३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये नवलपुरबाट उद्योगपति एवं सांसद विनोद कुमार चौधरीले उम्मेदवारी दिएका छन् ।

हिजो मनोनयन दर्ता गरेका नवलपुरका टेकनारायण महतो थारुले भने आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले थारु खुल्लातर्फबाट उम्मेदवारी दिएका थिए ।



सम्बन्धित
Loading...