खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर


खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर … …



अष्ट्रेलियामा जान तयारी अवस्थामा रहेका विद्यार्थीका लागि खुसीकाे खबर आएकाे छ ।

 




अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार (डिसेम्बर १५) देखि खुल्ने भएको छ।

 

यसअघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अष्ट्रेलियन सरकारले थप दुई सातापछि भोलिबाट सीमा खोल्न लागेको हो।

 

 

यसअघि जारी गरेको सीमा नीतिमा कुनै परिवर्तन नहुने भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबारबाट सिमा खुल्ने जानकारी दिए।

 

 

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको थियो।

 

गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रुअरीसम्म पुनः प्रतिबन्ध लगाउन सकिनेबारे छलफलसमेत भएको थियो।

 

।।



सम्बन्धित
Loading...