विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारबारे अन्तक्र्रिया
चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा मंगलबार विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीहरु बीचको अन्तक्र्रिया सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी.ले स्थानीय सरकार गठन पस्चात शैक्षिक सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।
पालिकामा रहेका धार्मिक सहित ४३ वटा सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक बजेट विनीयोजन संगै त्यसको अनुगमन र मुल्यांकन भइरहेको बताउनुभयो ।
सिमित श्रोत, भौगलिक अवस्था, जनजाप लगायतको कारण अपेक्षित लक्ष्य प्राप्त गर्न नसेकेको भएपनि विगतको तुलनामा शैक्षिक सुधारमा उल्लेखनिय प्रगति भएको उहाँले बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा उठेका सवालहरु माथि आफ्नो धारण राख्दै उहाँले विनयी त्रिवेणी गाउँपालिकामा बाल बिबाह, बाल श्रम, लागुऔषध दुव्र्यसनी विद्यालय शिक्षामा देखिएका चुनौती भएको भन्दै त्यसको व्यवस्थापनको लागि सबै सरोकारवालाहरुले पहल र सचेतना मुलक कार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले विद्यार्थी संख्या अनुसारको दरबन्दी कायम नहुदाँ सामुदायिक विद्यालयहरुमा कक्षा सञ्चालन र अर्थ व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।
उहाँले संघिय सरकारबाट प्राप्त दरबन्दी अपुग भएका कारण पालिकाले नै आफ्नै लगानीमा प्रत्येक सामुदायिक विद्यालयकामा कम्तीमा एक जना दरबन्दी कायम गरी शिक्षक पठाएको बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा सहभागी हुदै विभिन्न विद्यालयबाट आउनु भएका शिक्षक तथा अभिभावकहरुले विद्यालय उमेर समुहका बालबालिकामा देखिएको बाल श्रम, बाल बिबाह, लागु औषध दुव्र्यसनी बारे जानकारी गराउनु भएको थियो ।
विनयी त्रिवेणी गाउँपालिकामा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन्को कारण सृजित बाल श्रमले दुव्र्यसनी बढेको उहाँहरुको भनाई छ ।
कोभिड–१९ को कारण सृजित अवस्थामा विद्यालयमा सबै विद्यार्थी उत्तिर्ण हुने अवस्थाले झन् नपढी पास भइन्छ भन्ने बाल मनो बिज्ञान बिकशित भइरहेको भन्दै त्यसलाई समयमा नै सही बुझाई स्थापित गर्न आवश्यक रहेको उहाँहरुको भनाई छ ।
अनौपरिचक क्षेत्र सेवा केन्द्र इन्सेकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकामा स्थानीय समुदायलाई समेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम इएलपी मार्फत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
- तिर्थराज डुम्रे





