नवलपुरमा ईट्टाभट्टाको पोखरीमा डुवेर बालकको मृत्यु
नवलपुरमा ईट्टाभट्टाको पोखरीमा डुवेर बालकको मृत्यु ||
नवलपुरमा ईट्टाभट्टाको पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ ।
देवचुली नगरपालिका वडा नं. १७ को कुजौलीस्थित ईटाभट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका–१५ घर भएका बिज्ञान माझीको ४ बर्षीय छोरा विक्रम माझीको पोखरीमा डुवेर मृत्यु भएको हो ।
खेल्ने क्रममा पोखरीमा डुवेर असक्त भएका ति वालकालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाईएको छ ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरेको जनाएको छ ।



