पश्चिम नवलपरासीमा डेढ लाख बराबरको चरेसको गिलास बरामद
पश्चिम नवलपरासीको पाल्हीनन्दन बाट प्रहरीले झन्डै डेढ लाख बराबरको चरेसको गिलास बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर नेपाल तर्फ भित्र्याउने क्रममा पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ४ बाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपि प्रेम बहादुर शाहिले जानकारी दिए।
मंगलबार बिहानै साढे ६ बजे तिर गेर्मि प्रहरी चौकि बाट खटिएको प्रहरी टोलीले ३ सय ६० ओटा चरेसका गिलास बरामद गरेको हो ।
मोटरसाईकल बाट नेपाल तर्फ ल्याउने क्रममा प्रहरीलाई देखेपछि तस्करहरु समान छाडेर मोटरसाईकलमा भागेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको समान महेसपुर भन्सार कार्यालयमा बुझाईएको डिएसपि शाहिले बताए ।
प्रहरीले भारत बाट अवैध रुपमा आयत हुने समान बेलाबेलामा बरामद गर्ने गरेपनि प्राय जसो समान ल्याउने व्यक्तिहरु भने भाग्ने गरेको बताउदै आएको छ ।



