पाल्हीनन्दनमा १५ सैयाको अस्पताल उदघाटन
रामकरण अम्बेडकर –
२९ मंसिर – पश्चिम नवलपरसी पाल्हीनन्दन गांउपालीका वडा नं४ लोहरौलीमा १५ सैयाको अस्पतालको उदघाटन भएको छ।
नवलपरासी जिल्लाको पहिलो ठुलो अस्पताल पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर ४ लोह्रौलिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई पाल्हिनन्दन अस्पताल(१५ सैया)मा परिणत गरि आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री माननीय श्री कुल बहादुर के.सि.को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
नेपालमा प्रयापत मल नपाउनुका कारण किसानहरुले बिना मलको खेती गर्न बाध्य भएका छन कृषकहरुका लागि प्रयापत मात्रामा मलको ब्यवस्था सरकारले गर्नु पर्छ र चुनाव भन्दा पहिला सुकुम्बासीहरु लाई पुर्जा दिनको लागि मुख्यमन्त्री द्रारा प्रचन्डलाई जानकारी गराएको जसपाका नेता मुकुरजी गिरीले सुनाए ।
त्यस्तै नेपाल सरकारले स्वास्थ्य विमा ३५ सयमा ५ परिवारको गरेको छ यहा धेरै जनताहरु एक छाक खानाको लागि छैन त्यति पैसा तिरेर स्वास्थ्य विमा कहाबाट गराउछन स्वास्थ्य विमा नेपाल सरकारले निशुल्क गर्नु पर्छ जसपाका नेता धरेन्द्र यादवले दावी गरेको कार्यक्रममा बताए ।
आजको उदघाटन कार्यक्रम्मा पाल्हीनन्दनमा रहेको १५ सैयाको अस्पतालबाट आर्थिक वर्ष देखि निशुल्क रगत पाईन्छ र अस्पतालमा आउन नसकने विरामीहरुको लागि घर दैलोमा डाक्टर पुर्याउने कार्यक्रम गर्नेछौ ।त्यति मात्र हैन यस अस्पतालका चिकिस्तकहरुबाट विशेष सहयोगका साथ उपचार हुन्छ प्रदेश नं ५ का स्वास्थ्य निर्देशनालय प्रमुख विनोद गिरीले बताए ।
पाल्हीनन्दन गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल भवन उद्घाटन गरेसँगै स्थानीयलाई सामान्यभन्दा सामान्य रोगको उपचारका लागि बाहिर जानुपर्ने समस्या अन्त्य भएको उनको भनाइ रहेको थियो।
पाल्हीनन्दन गाउँपालिकाले स्थानीय तहमध्ये सबैभन्दा पहिला प्रशासनिक भवन निर्माण गरी सेवा प्रारम्भ गर्ने र १५ सैयाको पालिका स्तरीय अस्पतालको भवन निर्माण गरी सेवा सुरु गर्ने पहिलो गाउँपालिकाको रूपमा आफ्नो तर्फबाट अभिनन्दन गरेको केसीले बताए।
केसीका अनुसार सोझा साझा नागरिकलाई विरामी परे अस्पताल लैजानुपर्दा एम्बुलेन्स चालकले निजी अस्पतालसँगको मिलेमतोमा तिनै अस्पतालमा पुर्याउने गरेको र सरकारी अस्पतालमा नलैजाने गुनासो उनले चालकहरूले निजी अस्पतालमा लगेर विरामीको धेरै खर्च गराइदिने र त्यसबापत अस्पतालबाट लाभ लिने गुनासो आए तत्काल त्यस्ता चालकलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समातन निर्देशन दिए ।
भारतीय सीमाक्षेत्र महेशपुर देखी पाल्पा सम्म रोड जोडने र नजिकका नागरिकको जीवनस्तर फेरिन नसकेको बताउँदै त्यसका लागि स्थानीय तहले विशेष योजना बनाएर जनपक्षीय काम गर्नुपर्ने उनले बताए।
प्रदेश सरकारले गरिब तथा विपन्नहरू परिवारहरुका लागि घातक रोग लागेर आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भनी क्यान्सर, मुटुरोग र मृगौला रोग लागेका विरामीलाई यस अघि सहयोगको रुपमा २ लाख रुपैया सहयोग गरेको बताएका छन् ।
सरकारी विद्यालय र निजी विद्यालयमा विद्यार्थीहरुको पढाई र फरक उपस्थिती देखिएको कारण शैक्षिक सुधार कार्यक्रम लागु गरिएको उनले दावी गरे।
https://www.youtube.com/watch?v=H1AnAP3ize8&t=3s





