शंखदेव हसौरा सामुदायिक वनले पाँच घर विपन्न परिवारलाई घर बनाइदिए
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा रहेको शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहले हसौराका ५ घर अतिविपन्न परिवारलाई घर निर्माण गरिदिएको छ ।
बस्नै नमिल्ने घर भएको ५ घरपरिवारलाई १६ लाखको लागतमा घर निर्माण गरिएको सामुदायिक वनका कार्यालय सचिव सुशिल पौडेलले बताए ।
उनका अनुसार घर निर्माण गरेर परिवार बसिसकेका छन् भने सामुदायिक वनले औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्न भने बाँकी रहेको छ ।
शंखदेव हसौरा सामुदायिक वन उपभोक्ता समूहले गोविन्द महतो, रामबहादुर कुँवर, तुलबहादुर सारु, थलबहादुर चुहान र माया विन्दुका परिवारलाई घर निर्माण गरिदिएको हो ।





