कावासोतीमा ईन्द्रेणीको टीम
नवलपुर । नवलपुरमै पहिलो पटक ईन्द्रेणीको लोक दोहोरी कार्यक्रम हुने भएको छ ।
भोलि नवलपुरको कावासोतीमा पहिलो पटक ईन्द्रेणीको लोक दोहोरी कार्यक्रम हुने भएको हो ।
दीन–दुखी र असहायहरुको सहयोगार्थ चर्चित लोक दोहोरी कार्यक्रम प्रस्तोता कृष्ण कंडेलको उपस्थितिमा प्रत्यक्ष दोहोरी कार्यक्रम हुन लागेको हो ।
बरचुली बौद्ध गुम्वाको आयोजनामा कावासोती ३ स्थित गुम्बा परिसरमा मध्यान्ह १२ बजेदेखि दोहोरी कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रम अवलोकन निशुल्क रहने समेत जनाईएको छ । चर्चिच लोक दोहोरी कलाकार चिज गुरुङ र कविता गुरुङबीच प्रत्यक्ष दोहोरी हुने जनाईएका छ ।
लोक दोहोरीप्रेमीलाई कार्यक्रममा उपस्थितिका लागि आयोजक बरचुली बौद्ध गुम्वा परिवारले अनुरोध समेत गरेको छ ।
