नयाँ कार्यसमिति पुनगठन गर्दै सकियो क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला


 



 

 




नारायण पंगेनीको नेतृत्वमा नयाँ कार्यसमिति पुनगठन गरी क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला सकिएको छ ।

 

 

भेलाले पदाधिकारी हेरफेर गरेको छ भने कार्यसमिति सदस्यहरु भने पुरानै कायमै गरेको छ ।

 

६ महिना भित्र राष्ट्रिय सम्मेलन गर्ने गरी नारायण पंगेनीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

 

जसको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, दामोदर खनाल, महासचिवमा रवि पाण्डे, सचिवमा रणसुर महतरा, अनु निरौला र कोषाध्यक्षमा धनन्जय अवस्थीलाई चयन गरेको छ ।

 

 

त्यसैगरी सदस्यहरुमा सागर श्रेष्ठ, विष्णु आले, कुमार भट्टराई, केशव अविरल, प्रेम कंडेल, मधुकर थापा, प्रदीप श्रेष्ठ, आयुष न्यौपाने लगायत चयन भएका छन् । भेलाले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।

 

भेला इन्द्र राउतको अध्यक्षतामा भएको थियो भने भेलाको सञ्चालन रामकुमार श्रेष्ठले गरेका थिए ।

 

भेला उद्घाटनसत्रमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको रक्षाका लागि जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले अहिले राष्ट्रघाती एमसीसीको मुद्दामा राष्ट्रिय स्तरका कतिपय सञ्चारमाध्यमहरु मौन बसेको र जनतालाई राष्ट्रघाती एमसीसीको बारेमा सत्यतथ्य जानकारी गराउन नखोजेको आरोप लगाए ।

 

 

कार्यक्रममा बरिष्ठ पत्रकार एंव महासंघका सल्लाहकार समिति संयोजक हिरामणी दुस्खीले बिग मिडियाहरुले जनताको पक्षमा कुनै पनि मुद्धा नउठाउने बरु साना स्वरोजगार मुलक सञ्चारमाध्यमहरुले जनताको पक्षमा वकालत गरेको बताए ।

 

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का अर्का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले समेत भेलामा शुभकामना राखेका थिए ।

 

 

प्रथम राष्ट्रिय सम्मेलन पछिको बिशेष भेलामा अध्यक्ष ईन्द्र राउतको प्रतिबेदन परिमार्जन सहित पारित गरिएको छ ।

 

 

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघको गतबर्षको निर्वाचनमा क्रान्तिकारी पत्रकार महासंघबाट विजयी भएकाहरुलाई सम्मान गरिएको थियो ।

 

 

भेलाले ६ महिनाभित्र प्रदेश र जिल्लाका भेला सम्मेलन सम्पन्न गरेर दोस्रो राष्ट्रिय सम्मेलन गर्न म्यान्डेट लिएको छ ।

 

 

 

 

 



सम्बन्धित
Loading...