देश राजनीतिक र आर्थिक संकटमाः पूर्वअर्थमन्त्री पाण्डे


 



 

भरतपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश राजनीतिक र आर्थिक संकटको पूर्वसन्धामा पुगेको बताएका छन् ।

 

 




प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले वर्तमान संकटको समाधान चुनावबाटै हुने बताए ।

 

 

 

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले करिब करिब काम गर्न नसकेको अवस्था छ । हामी राजनीतिक र आर्थिक संकटको मुखमा छौँ’, उनले भने, ‘देश कुनै पनि क्षण निर्वाचनतर्फ जान खोजेको छ ।

 

 

समस्याको समाधान पनि निर्वाचनबाटै हुन सक्छ ।’ नेपालको अर्थतन्त्र पनि धरासायी बनेको उनले बताए ।

 

 

आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उनले बताए ।

 

 

एमसिसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।

 

 

 

 

 



सम्बन्धित
Loading...