नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिमा पूर्णता

नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिले पूर्णता पाएको छ ।
मन्चको सचिवालयको बसेको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गर्दै कार्यसमितिलाई पुर्णता दिएको हो ।

जस्मा प्रमुख सल्लाहकारमा नारायण रपाल बिस्वकर्मा, मानर्थ संरक्षकमा जीवन श्रेष्ठ, सल्लाहकारहरुमा तुल बहादुर किसान, ओलि राईनलाई चयन गरेको छ । त्यस्तै मन्चको निर्देशिका बमोजिम निर्वाचन आयोग प्रमुखमा नारायण रपाल विश्वकर्मा, अनुशासन आयोग प्रमुखमा जीवन श्रेष्ठ, लेखा प्रशिक्षण आयोगमा सुक बहादुर कोईरालालाई जिम्मेवारी दिएको छ ।
मन्चका अध्यक्ष युबराज केसिको अध्यक्षतामा महासचिव कल्याण सेन्चुरीले संचालन गरेको बैठकले देब नारायण बिक, विश्वराम रेग्मी, सागर रसाइली , सूर्य ठकुरी र बिपिन सुनारलाई कार्यसमितिमा थप गरेको छ ।
बैठकले बाकिरहेको विभिन्न बिभागहरुमा समेत जिम्मेवारी समेत तोकेको छ ।

जसमा प्रशिक्षण बिभाग मा युबराज खत्री क्षेत्री, संघ संस्था समन्वय बिभागमा रामु काफ्ले, सुरक्षित आप्रवासन तथा श्रमिक बिभागमा गेहराज घर्तिमगर, संगठन बिभाग मा कल्याण सेन्चुरी , आर्थिक बिभागमा बल बहादुर बुढाथोकी, सूचना तथा प्रबिधि बिभागमा गोपाल सेजवाल सुरक्षा तथा जनचेतना बिभागमा जिबित कार्की तथा प्रचार प्रसार बिभागमा सुरज भट्टलाई जिम्मेवारी तोकेको प्रवक्ता सुरज भट्टले जानकारी दिए ।
