कावासोती: घुमुवालाई हप्तादिने ट्याक्टरलाई खोलामा इन्ट्री

कावासोती । पूर्वी नवलपरासीको केरुङ्गे खोलामा घुमुवा प्रहरीलाई हप्ता दिने ट्याक्टरहरुलाई प्रहरीले अवैध रुपमा गिटी बालुवा चोरी निकासी गर्न इन्ट्री दिने गरेको पाइएको छ ।
कावासोतीको अठ्ठाइस विगाहा, हसौरा लगायतका क्षेत्रमा प्रहरीका केही घुमुवाहरुले यस्तो गरेका हुन् ।

प्रतिट्याक्टर १५ हजार रुपैयाँसम्म असुली गरेर रातको समयमा चोरी गर्न लगाउने गरेको स्वयम् ट्याक्टर व्यवसायीहरु बताउँदछन् ।

प्रहरी हवल्दार चन्द्रबहादुर प्रजा सहितको टोलीले हसौरा जाने पुलदेखि कालिका मावि निरको पुलसम्मको बीचमा ३ वटा ट्याक्टरलाई नियमित प्रवेश दिएको र अन्य ट्याक्टरलाई भने पक्रने गरेको स्थानीय एक जना ट्याक्टर व्यवसायीले बताए ।
उनले भने हामीले रकम दिन्छौं भन्दा पनि प्रवेश गर्न दिन्न केही ट्याक्टर व्यवसायीसँग भने सँगै खाने पैसा लिने र उनीहरुको ट्याक्टरलाई प्रवेश गर्न दिने गरेको छ ।
